ताजा समाचार

यी हुन सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका ५ जना

काठमाडौं ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा पाँच जनालाई सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो ।

न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज कुमार शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन भने माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् ।

सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायीको तर्फबाट सिफारिस भएका फुयाँल पूर्वमहान्यायाधीवक्ता समेत हुन् । फुयाँल केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री कालमा महान्यायाधीवक्तामा नियुक्त भएका थिए ।

न्याय परिषदबाट सिफारिस भएका ५ जना संसदीय सुनुवाई पछि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org