ताजा समाचार

सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी पीडितलाई १ करोड सहयोग गर्ने

धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई सहयोग गर्ने भएको छ ।

प्रदेश सरकारले पीडितहरुलाई एक करोड सहयोग गर्ने घोषणा गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org