ताजा समाचार

तीन दिनु कुनैपनि अदालतमा मुद्धाको पेसी नतोकिने !

देशभरीका न्यायाधीशहरु आज राजधानीमा भेला भएका छन् । न्यायाधीशहरूको राष्ट्रिय सम्मेलनका लागि उनीहरु राजधानी आएका हुन् ।

सम्मेलन तीन दिनसम्म चल्ने छ । यो अवधिभर कुनै पनि अदालतमा मुद्धाको पेसी तोकिने छैन् । देशभरका करिब चार सय न्यायाधीश सम्मेलनका लागि काठमाडौँमा भेला भइसकेका छन्।

बुधबार दिउँसो २ बजेबाट औपचारिक रूपमा सम्मेलन उद्घाटन हुनेछ। सम्मेलनले नयाँ मुलुकी संहिता कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता र कार्यान्वयन, न्यायपालिकाको भावी रणनीति लगायतका विषयमा छलफल गर्नेछ।

छलफलमा पेस भएका कार्यपत्रमाथिको विभिन्न समूहमा बहस भएपछि काठमाडौँ घोषणापत्र जारी हुनेछ। शनिबार काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org