ताजा समाचार

काठमाडौंमा ‘असन्तुष्ट’ कांग्रेस जिल्ला सभापतिहरुको भेला

काठमाडौं ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला राजधानीमा सुरु भएको छ । पछिल्लो समय नेतृत्वसँग असन्तुष्टि रहेका सभापतिहरुले महासमिति बैठकमा उठाएका एजेण्डा नेतृत्वले लत्याएपछि उनीहरुले थप रणनीति बनाउन भेला बोलाएका हुन् ।

भेलाबाट पार्टीको संशोधित विधानमा गरिएको स्वतः महाधिवेशन प्रतिनिधि र आरक्षणको सुविधाबारे पुनर्विचारका लागि पार्टीलाई दबाब दिने असन्तुष्ट जिल्ला सभापतिहरुले तयारी गरेका छन् ।

कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँको संयोजनमा हुन गइरहेको बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ । जिल्ला सभापतिहरुले भेला हुने स्थान भने खुलाएका छैनन् ।

भेलामा ४५ भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहने पनि दाबी गरिएको छ ।

महासमिति बैठकमा जिल्ला सभापतिहरुले केन्द्रीय पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुने व्यवस्था खारेज हुनुपर्ने र समानुपातिक समावेशी सुविधा एकै व्यक्तिमा दोहो¥याउन नहुने प्रस्ताव गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिको समापन समारोहमा उनीहरुको माग केन्द्रीय कार्यसमिति बैठकबाट सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org