ताजा समाचार

पोखरामा शिक्षमन्त्रीलाई कालो झण्डा, तीन जना पक्राउ

पोखरा ।

पाखरामा शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई नेविसंघका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सहभागी हुन गएका मन्त्री पोखरेललाई विद्यार्थीहरुले क्याम्पस गेटमा कालो झण्डा देखाएका हुन् ।

मन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा प्रहरीले तीन विद्यार्थीलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविधालय इकाई सभापति फिरोज सुवेदी, विश्वविद्यालय इकाई समन्वय समिति सचिव विकास रानाभाट र नेविसंघका जिल्ला स्तरका नेता प्रताप बाँनिया रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org