ताजा समाचार

नागरिकलाई रैती बनाउन खोज्छु भन्ने दुःस्वपन मात्रै होः प्रधानमन्त्री

काठमाण्डौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई रैती बनाउन खोज्छु भन्ने दुःस्वपन नदेख्ने आग्रह गरेका छन् । काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले नागरिकलाई रैती बनाउन खोज्छु भन्ने सपना देखेको भए त्यो दुःस्वपन मात्रै भएको बताएका हुन् ।

अल्पमतको सरकारमा हुने कहिले कसलाई पछार्ने कहिले कसलाई ढलाउने परिपाटीको अन्त्य भएको बताउँदै प्रधानमन्त्री ओलीले सबै तहका सरकार जनताको विश्वास जितेर आएको र कसैको पनि बहुमत नहुने हङ पार्लियामेन्ट, योसँग उ मिलाउने, उससँग मिलेर उसलाई ढाल्ने परिपाटीको पनि अन्त्य भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org