ताजा समाचार

ग्लोबल आइएमई बैंकका विभिन्न क्षेत्रमा शाखरहित बैंकिङ सेवा

काठमाडौं ।

ग्लोबल आइएमई बैंकले देशका विभिन्न जिल्लामा शाखरहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले रोल्पाको परिवर्त गाँउपालिका , रोल्पाकै इरिवाङ्ग, थवाङ्ग गाउँपालिका – २, ठूलोगाउँ, ईलामको शुर्योदय नगरपालिकाको कट्टुसे, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पत्थरगाडा, पाँचथरको हिलिगाँउ गाउँपालिका र सिङ्गापुरमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

बैंकका अुनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम,सिसडएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रमा बैंकिङ्ग सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकिङ्ग सेवा शुरु गरेको बैंकको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org