श्रीलंका वम विष्फोटबाट धन्न जोजियो विनोद चाैधरीको पाँचतारे होटल ताज समुन्द्र
काठमाडाैँ । विनोद चौधरीको श्रीलंकाको कोलम्वोस्थित पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्फोटबाट धन्न जोगिएको छ।
प्रहरीका अनुसार अन्तराष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेटले (आइएस) आइतबार कोलम्वोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेट’ सो होटल पनि थियो।
आइएसका एक आत्मघाती आक्रमणकारी झोलाभरि बिस्फोटक सामाग्री ढाडमा भिर्ने झोलामा बोकेर उक्त होटलमा पनि पुगेको श्रीलंकाका अधिकारीहरुलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ।
ती आक्रमणकारीले दुई पटक बम पडकाउन खोजेको तर प्राविधिक समस्याले बम नपड्किएको प्रहरीले जनाएको छ।
त्यसपछि समुन्द्र किनारमा रहेको सो पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए। त्यँहि बम बिस्फोट भएर उनको मृत्यु भयो।
सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ।
ताज समुन्द्रमा बम पडकेको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने थियो भनेर श्रीलंकन प्रहरीले जनाएको छ। समुन्द्री तटमा रहेको कोलम्वोको प्रख्यात ‘ताज समुन्द्र’ प्रायजसो विदेशी पाउनहरुले भरिभराउ हुने गर्छ।
‘ताज समुन्द्र’ भारतको प्रसिद्ध ‘ताज समुह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो।
अहिले चौधरी समुहले संसारभर कैयौं होटल र रिसोर्ट चेन संचालन गरिरहेको छ
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...