ताजा समाचार

एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवा सिफारिस

काठमाडौं–नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल सिफारिस भएका छन् ।
बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

पोखरेल हाल लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org