ताजा समाचार

दैनिक १ सय ७६ उडान भएपनि नेपालमा हेलिकप्टर उडाउने पाइलट अभाव

काठमाडाैं । नेपाली हेलिकप्टर कम्पनीहरु सर्वाधिक व्यस्त हुने समय हो वषन्तकालीन हिमाल आरेहण सिजन । अहिले हिमाल आरोहणमा उद्धार, सरसामग्री ओसारपसार लगायतका उडान हुन्छन् । तर, नेपाली आकाशमा हेलिकप्टर उडाउने पाइलटको भने कमी हुन थालेको छ ।

नेपालमा दर्ता भएका १० वटा निजी हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टर यतिबेला खुम्बु क्षेत्रतर्फ व्यस्त छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । हेलिकप्टरको संख्या ठूलै रहेपनि चालक पाइलट भने पाउन मुस्किल रहेको जनाइन्छ ।

हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार लुक्लादेखि कालापत्थर, गोरक्सेप, फेरिचे, फाक्दिन र सगरमाथा आधार शिविरका लागि सबैभन्दा धेरै उडान भइरहेका छन् । ‘दिनमा १ सय ७६ वटासम्म उडान भए,’ सोसाइटीका महासचिव योगराज कँडेलले भने, ‘दिनमा कम्तीमा ९० सम्म हेलिकप्टर उडान भइरहेका छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org