विमानस्थलबाट करोडौं नक्कली भारु नोटसहित युनुस अन्सारी पक्राउ
काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाली नोटसहित तीनजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
पाकिस्तान हुँदै चार वटा सुटकेशलमा ल्याएको नक्कली भारु विमानस्थल प्रहरीले बरामद गरेको हो।
पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले जनाए। ‘भन्सार जाँच गर्ने क्रममा सुटकेशमा भारु नोट भेटिएको थियो। जाँचबुझ गर्दा ती नोटहरु नक्कली पाइयो’, उनले भने।
युनुस अन्सारीसहित ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउमध्ये तीन जना कतार एयरवेजको उडानबाट फर्किएकाहरू हुन्। एक जना ब्रिफकेश रिसिभ गर्न गएका व्यक्ति हुन्।
उनी यसअघि पनि पटक-पटक नक्कली भारु र लागू पदार्थ कारोबारमा रंगेहात पक्राउ परेका व्यक्ति हुन्। केही समयअघि मात्र जेलबाट छुट्नासाथ उनी पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सली मियाँका पुत्र हुन्।
केन्द्रीय कारागारमा रहँदा उनलाइ भारतीय अपराधिक समूहले गोली हानी हत्या गर्न खोजेको थियो।
केही समय उनले नेशनल टेलिभिजन नामक टिभी च्यानल सञ्चालन गरेका थिए।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...