मोदीको शपथग्रहन समारोहः सबै छिमेकीलाई बोलाए, किन छुटाए पाकिस्तानलाई ?
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिँदा उक्त कार्यक्रममा पाकिस्तानबाहेक भारतका सबै छिमेकीका राष्ट्प्रमुख वा वरिष्ठ नेता उपस्थित हुने भएका छन् ।
अघिल्लोपटक मोदीले पाकिस्तानसहित सार्क मुलुकहरूलाई निम्तो पठाएका थिए । यसपालि चाहिँ उनले बिमस्टेक देशरूलाई निमन्त्रण गरेका छन् ।
बिमस्टेकमा नेपाल, भारत, म्यान्मार, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र भुटान छन् । पाकिस्तान बिमस्टेकमा पर्दैन र उसलाई निम्तो नपठाएर मोदीले दोस्रो कार्यकालमा आफू पाकिस्तानप्रति कठोर हुने संकेत दिएका छन् ।
आइतवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदीलाई फोन गरेर बधाइ दिएका थिए । त्यतिखेर पनि मोदीले विकास र प्रगतिका लागि आतंक र हिंसामुक्त वातावरण आवश्यक रहेको बताएका थिए ।
पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण छ ।
मोदीले पाकिस्तानलाई शपथग्रहण समारोहबाट टाढा राखेर उसलाई कठोर सन्देश पनि दिएका छन् भने अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्ना छिमेकीहरूसँग सुसम्बन्ध देखाउन खोजेका छन् । त्यसैले उनले निकै विचार गरेर बिमस्टेक देशहरूलाई निम्तो पठाए ।
सार्कका तीन मुलुक पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सलाई उनले बोलाएनन् । तर दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण उनले माल्दिभ्सबाट शुरू गर्ने बताइएको छ । अनि अफगानिस्तानसँग पनि भारतको सम्बन्ध राम्रै छ ।
मोदीको शपथग्रहण समारोहमा किर्गिजिस्तानका राष्ट्रपति र मरिससका प्रधानमन्त्री पनि आउनेछन् । किर्गिजिस्तानले अर्को महिना शांघाई सहयोग संगठन शिखर सम्मेलनको आतिथ्य गर्दैछ ।
Comments
अरु समाचार
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...