ताजा समाचार

मोदीको नयाँ मन्त्रीमण्डल, एस जयशंकर बने विदेशमन्त्री (सूचीसहित)

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व विदेश सचिव एस जयशंकरलाई विदेशमन्त्री बनाएका छन्।

मोदीको दोस्रो कार्यकालको सबैभन्दा ठूलो सरप्राइजको रूपमा जयशंकरले विदेशमन्त्रीको जिम्मेवारी पाएका हुन्। उनको पृष्ठभूमि राजनीतिक नभइ करिअर डिप्लोम्याट हो। मोदीको पहिलो कार्यकालमा उनी विदेश सचिव थिए। २०७२ असोजमा नेपालमाथि नाकाबन्दी लगाउँदाका उनी एक योजनाकार मानिन्छन्।

अमित शाहलाइ गृहमन्त्री बनाइएको छ। उनी मन्त्री भएसँगै पार्टी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन्।

मोदी गुजरातको मुख्यमन्त्री हुँदा शाह गृहमन्त्री थिए। उनी सन् २००३ देखि सन् २०१० सम्म गुजरातको गृहमन्त्री रहेका थिए। मोदीको दोस्रो कार्यकाल विजयका लागि उनको योजना तथा रणनीति विशेष रहेको थियो।

अर्थ मन्त्रालयका जिम्मेवारी निर्मला सितारमणले पाएकी छिन्। राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। मोदी सरकारको पहिलो कार्यकालमा गृहमन्त्री रहेका  सिंहलाई रक्षा मन्त्रालयमा जिम्मेवारी दिएको हो। यसअघि रक्षामन्त्रीमा सितारमणको नाम चर्चामा थियो।

कसलाई कुन मन्त्रालय ?

निर्मला सीतारमण : वित्त मन्त्री

हर्षवर्धन :स्वास्थ्य मन्त्री  विज्ञान एवम् प्रविधि मन्त्री,पृथ्वी विज्ञान मन्त्री

नितिन गडकरी : सडक परिवहन मन्त्री

स्मृति ईरानी : महिला एवम् बाल विकास मन्त्री

एस जयशंकर : विदेश मन्त्रालय

पियुष गोयल : रेल मन्त्रालय एव वाणिज्य मन्त्रालय

धर्मेन्द्र प्रधान : पेट्रोलियम मन्त्रालय, इस्पात मन्त्री

राजनाथ सिंह : रक्षा मन्त्री

रविशंकर प्रसाद : कानुन मन्त्री

नरेन्द्र सिंह तोमर : कृषि मन्त्री

डी सदानन्द गौडा : रसायन एवम् उर्वरक मन्त्रालय

मुख्तार अब्बास नकवी : अल्पसंख्यक मामिला मन्त्री

महेन्द्र नाथ पान्डेय : कौशल विकास मन्त्रालय

रामविलास पासवान : खाद्य एवम् आपूर्ति मन्त्री

हरसिमरत कौर बादल : खाद्य प्रसंस्करण उद्योग मन्त्री

थावर चन्द गहलोत : सामाजिक न्याय र अधिकारिता मन्त्री

अर्जुन मुन्डा : जनजातीय मामिला मन्त्री

प्रकाश जावडेकर : सूचना एव प्रसारण मन्त्री, पर्यावरण मन्त्री

प्रलहाद जोशी : संसदीय मामिला मन्त्री, कोइला मन्त्री एवम् उत्खनन मन्त्री

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org