ताजा समाचार

नेकपा (मसाल)को काठमाडाैँमै भूमिगत महाधिवेशन सुरु

काठमाडाैँ ।  मोहनबिक्रम सिँहले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) को आठौँ महाधिवेशन राजधानीमा सुरु भएको छ।

राजधानीमा बिहीबारबाट  सुरु भएको महाधिवेशनबारे सूचना बाहिर नजाओस् भन्ने उद्देश्यले महाधिवेशन प्रतिनिधि सबैको मोबाइल पार्टीले कब्जामा लिएको छ।

महाधिवेशनमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागी रहेको जानकारी स्रोतले दिएको छ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानसम्बन्धी संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र जाति, संस्कृति र धर्मसम्बन्धी प्रस्तावहरु प्रस्तुत भएका छन्।

महाधिवेशनमा महामन्त्री सिँहको प्रस्तावविरुद्ध फरक मत दर्ता भएको जानकारी स्रोतहरुले दिएका छन्। राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावमा भिन्न मत दर्ता भएको हो।

सो पार्टीभित्र भारत र चीनलाई हेर्ने दृष्टिकोण, सरकार र संसदमा सहभागिता लगायतका विषयमा फरक मत रहेको छ।

महामन्त्री सिँहको प्रस्तावमा भारत र चीन दुबै देशलाई साम्राज्यवादी देश घोषणा गरिएको छ भने अल्पमत पक्षको प्रस्तावमा भारतलाई बिस्तारवादी भनिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org