खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने
काठमाडौं । जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक तीनपोखरी समाज विकास क्लबले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
खाँदबारी रङ्गशालामा हुने फुटबल प्रतियोगितामा कोशी प्रदेश सशस्त्र प्रहरी, बुल्स ११ भौसाबारी मोरङ, चुलाचुली स्पोर्टिङ क्लब झापासहित सङ्खुवासभाका पाँच टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा खाँदबारी युथ, एड्भान्स क्लब, मकालु फ्रेन्ड्स, शीतलपाटी युथ र आयोजक तीनपोखरी समाज विकास क्लब सहभागी रहने क्लबका अध्यक्ष मिनेश चापागाईंले बताएका छन् ।
प्रतियोगिताको विजयी टिमले नगद रु दुई लाख २५ हजार र उपविजेताले रु एक लाख १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
गत वर्षदेखी आयोजना गर्न सुरु गरिएको उक्त प्रतियोगिताको उपाधी एपिएफले हात पारेको थियो । खाँदबारी रंगशालामा आयोजना भएको उक्त प्रतियोगितामा सित्तलपाटी फुटबल क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै एपीएफ विजयी भएको थियो ।
Comments
अरु समाचार
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...
-
एनभीए भलिबल च्याम्पियनशिप : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई
काठमाण्डौ – नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा...
-
टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने !
काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर...
-
११ स्वर्णसहित विराटनगरको एभरेष्ट स्कुल ‘राष्ट्रपति रनिङ शिल्ड’ च्याम्पियन
विराटनगर / ११ स्वर्णसहित विराटनगरको एभरेष्ट स्कुलले विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...











