ताजा समाचार

भूकम्प आउँछ भन्दै अफवाह फैल्याउने ‘ज्योतिषी’ पक्राउ

पछिल्लो समय विभिन्न युटुब च्यानल मार्फत नेपालमा ठूलो भूकम्प आउँछ भन्दै अन्तरवार्ता दिने अर्जुन क्षेत्री गौशालाबाट पक्राउ परेका छन् । 

भोजपुर घर भई काठमाडौंको सिनामंगल बस्दै आएका २६ वर्षीय क्षेत्रीलाई काठमाडौं प्रहरी परिसरले मंगलबार दिउँसो पक्राउ गरेका हो । उनले २९ जेष्ठमा नेपालमा ठूलो भूकम्प जान्छ भन्दै अफवाह फैलाउँदै आएका थिए । भारतबाट ज्योतिषशास्त्र अध्ययन गरेको र क्षेत्रीले आफुलाई युवा ज्योतिषको रुपमा दाबी गर्दै आएका थिए । 

पक्राप परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अनुसन्धानपश्चात उनलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ०७४ अनुसार कारबाही हुनसक्छ । ऐनमा कुनै विपत्को घट्ना घट्न सक्ने अफवाह फैलाई सार्वजनिक रुपमा त्रास सृजना गरेमा एक लाख रुपैयाँ वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org