ताजा समाचार

नक्कली सवारी चालक खडा गरेर अभियुक्त बचाउन खोजेको आरोपमा प्रहरी निरिक्षक पक्राउ

काठमाडौं । सवारी ज्यान मुद्धाका अभियुक्तलाई बचाउन भुमिका खेलेको आरोपमा एक जना प्रहरी निरिक्षक अनुसन्धानमा तानिएका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक लोबबहादुर जिसीमाथि अख्तियार अनुसन्धान आयोगले हिरासत लिएर अनुसन्धान सुरु गरेको छ । जिसीले नकक्कली अभियुक्त खडा गर्न १० लाख रुपैयाँ घुस रकम लिएको भन्दै उजुरी परेको थियो ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिसीले नेतृत्व गर्दै आएको क्षेत्रमा गएको बैशाख ११ मा बोधराज पाण्डेले चलाएको जीपले मोटरसाइकलललाई ठक्कट दिँदा एकजनाको मृत्यु भएको थियो भने अर्का एकजना घाइते भएका थिए । सोहि प्रकरणमा  जिसीले नक्कली अभियुक्त खडा गरेर चालक पाण्डेलाई वचाउन भुमिका खेलेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org