नेपालीको वीरता सबैभन्दा पहिले बेलायतले थाहा पायोः प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतस्थित दूतावासमा त्यहाँका नेपाली समुदायलाई सम्बोधन गरेका छन्।
फ्रान्स उड्नुअघि दूतावासमा नेपाली समुदायलाई सम्बोधन गर्दै प्रम ओलीले विश्वभर फैलिएको नेपाली समुदाय मिलेर बसेकोमा खुसी व्यक्त गरे। आफ्नो स्वागतमा आयोजित समारोहमा बोल्दै प्रम ओलीले नेपालीहरु वीर छन् भन्ने कुरा सबैभन्दा पहिले बेलायतले थाहा पाएको पनि उल्लेख गरे। ‘नेपालीहरु वीर छन भन्ने सबैभन्दा पहिले बेलायतले थाहा पायो’, उनले भने, ‘ब्रिटिस गोर्खाको सुरुवात भएपछि दुनियाँले थाहा पाए।’
उनले नेपाली डायस्पोराको पनि प्रशंसा गरे । ‘नेपाली डायसपोरा जहॉ पुगेको छ, त्यहॉका नागरिकलाई धक्का दिएर होइन, मिलेर सहयोगी बनी बसेको छ… म यसमा गर्व गर्छु’, ओलीले भनेका छन्। प्रधानमन्त्री ओली मंगलबार बेलायतस्थित गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका थिए ।
बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेलायतको काम्बलीस्थित गोरखा सैनिकहरुको मुख्यालय पुगेर कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेटेका हुन् । प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरे।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












