ताजा समाचार

आजको राशिफल : वृष मध्यम, कर्कट अत्युत्तम

२०७६, आषाढ ४ गते बुधबार 

मेष : दिन सार्थक रहनेछ । सौहाद्र्रपूर्ण व्यवहारले प्रभावित पार्नेछ । मुख्य काममा सफलता मिल्नेछ । आदार सत्कार पाइनेछ । 

वृष : दिन मध्यम रहनेछ । धार्मिक नेतृत्व गर्ने अनुकूल अवसर प्राप्त गर्न कठिन हुनेछ । अरुबाट सहयोग पाइनेछैन । धैर्य गर्नु बेस हुनेछ । 

मिथुन : दिन प्रतिकूल रहनेछ । कुनै अशुभ समाचारले मन खिन्न बनाउन सक्नेछ । हानि नोक्शानी हुनसक्नेछ । घमण्ड बढ्न सक्छ । 

कर्कट : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । परिवारबाट आवश्यक सहयोग पाइनेछ । प्रेम प्रसङ्क चल्नेछ । मनोरञ्जन गरिनेछ । 

सिंह : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम बन्नेछ । कार्य क्षेत्र विस्तार हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । 

कन्या : दिन मध्यम रहनेछ । बौद्धिक कार्य प्रतिको चिन्ता हुनेछ । निर्णय क्षमता कमजोर रहन सक्नेछ । शरीर अस्वस्थ हुनेछ । 

तुला : दिन प्रतिकूल रहनेछ । मनमा अस्थिरता बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । उच्च आड्म्बरले हानि पुर्‍याउन सक्छ । 

वृश्चिक : दिन उत्तम रहनेछ । काम सर्वोत्कृष्ट यशवर्धक रहनेछ  । योजना अनुसार कार्यक्रम तय हुनेछ । अपत्यारिलो काम बन्नेछ । 

धनु : दिन मध्यम रहनेछ । आयआर्जनको मात्रा घट्न सक्छ । बोलीमा कडा पन आउन सक्छ । खानपानमा विषेश ध्यान दिनु पर्नेछ । 

मकर : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा गति थपिनेछ । कार्यव्रmममा व्यस्तता बढ्नेछ । 

कुम्भ : दिन प्रतिकूल रहनेछ । तीव्र आकांक्षाले निकास नपाउन सक्छ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

मीन : दिन उत्तम खालको रहनेछ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । मन प्रसन्न रहनेछ । 
 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org