ताजा समाचार

ग्राहकमाथि भार थोपर्दै इन्टरनेट सेवा प्रदाय कम्पनी, साउन १ देखि १३ प्रतिशतले मूल्य बृद्धि

काठमाडाैं । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेटको मूल्य १३ प्रतिशतले बढाउने निर्णय गरेको छ ।

आगामी नयाँ आर्थिक वर्षवाट ग्राहकबाट असुल्ने गरि इन्टरनेट सेवा प्रदायक संघले मूल्य बढाउने निर्णय गरेको हो । अब साउन १ गते देखि ग्राहकले तिर्दै आएको मूल्यमा थप १३ प्रतिशत मूल्य तिर्नु पर्ने भएको हो ।

गत वर्ष समेत इन्टरनेटको मूल्य बढापछि चाैतर्फी आलोचना भएपछि सरकारसँग वार्ता गरेर स्थगित गरिएको थियो । तर, सरकारले गुरसञ्चार नियमावली संशोधन गरेर कर छुट गर्ने निर्णय गरेपनि सरकारले झुक्याएको भन्दै यस्तो निर्णयमा पुगेको संघका अध्यक्ष भोजराज भट्टले जनाए ।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको इन्टरनेट सेवा प्रदायक संस्थाले वताउदै आएका छन्  ।

तर, इन्टरनेट सेवा प्रदायक कम्पनीले समेत ग्राहक ठगी गर्ने गरेको जनाइन्छ । उनीहरुले ग्राहक आएपछि आफ्नो क्षमता ख्याल नगरेर इन्टरनेट जडान गर्ने र भनेजति स्पिडमा इन्टरनेट नदिने गरेको पाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org