सांसद प्याकुरेललाई बोक्ने लक्ष्मण भन्छनः दाईलाई रिंगाटा लागेपछि सक्नु भएन, मैले बोक्या हो
काठमाडाैं । बाढि पीडितको अवस्था बुझ्न राैतहट पुगेको मन्त्रीहरुको टिममा प्रदेश सभा सांसद सुमनराज प्याकुरेल एक जना युवाको बुई चढेको तस्बिरले सामाजिक संजाल तातिएको छ ।
यसबारे सांसद प्याकुरेलसँग कुरा गर्दा उनले भने, म ब्लड प्रेसरको बिरामी मान्छे एक्कासी रिंगाटा लाग्यो । असहज भएपछि एकछिन बसेर आराम गरेर आउछु भने । तर, मेरो चिनजानका एकजना भाइले हैन म बोक्छु दाई भनेर बोके । त्यहाँ म मात्रै दलबल लिएर गएको पनि होइन् । हाम्रो साथमा उपप्रधान मन्त्री, बहालवाला मन्त्रीहरु हुनुहुनन्थ्यो । अझ पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल समेत हुनुहुन्थ्यो । त्यहाँ सानो खाल्डो थियो । मैले नसक्ने भएपछि ती भाइले मलाई बोकेर उतापट्टी लगेका हुन् । तर, कतिपय मान्छेले मानविय संवेदना समेत भुलेर अनावश्यक प्रचार गर्ने काम गरे ।
म साह्रै दुखी भए । मैले नसक्ने भएपछि ती भाइले मलाई उनकै राजी खुशीले दाई सक्नु भएन । आउनुस म बोकी हाल्छु नी भनेर बोकेके हुन तर यहाँ नानाथरी कुराहरु गरेर मलाई लज्जित बनाउन खोजियो । यो गलत हो । मानवियता त हुन्छ नी होइन ।
यस्तै, बोक्ने युवा हुन्, स्थानिय लक्षमण यादव । लक्ष्मणले हामीसँग भने, तराईको गर्मी तपाईहरुलाई समेत थाहा होला नै । त्यसैमा सुमन दाई ब्लड प्रेसरको बिरामी मान्छे नसकेर हैरान परेपछि मैले दाई आउनुस म बोक्छु भनेर बोकेको हो । मान्छे नसक्ने भएपछि बोकेको हो मैले । चाकडी गर्न या मैले उहाँलाई खुशी पार्न बोक्या त होइन नी । अर्को कुरा मलाई सुमन दाईले बोक भनेर भन्नू भा पनि होइन् ।
त्यहाँ त्यत्रो संख्यामा मान्छे थिए । बहालवाला मन्त्रिहरु हुनुहुन्छ । पूर्वप्रधान तथा नेकपाका बरिष्ठ नेता हुनुहुन्छ । प्रहरी छ । अनि मैले बोक्दा कुनै आवेगमा वा प्रेसरमा बोक्या त होइन नी । सुमन दाईको अवस्था देखेपछि मैले मेरै आग्रहमा बोकेको हो । यसलाई केहि समुदायका मान्छेले अतिरञ्जित बनाउन खोजे । यस्तो गर्न हुँदैन थियो । मलाई सोधेको भए म भनि हाल्थ्ये नी । यत्तिकै मानवियताको कुरा भुलेर मान्छेलाई कुप्रचार त गर्न भएन नी होइन र ?
रौतहट बाढीबाट यो वर्ष सबैभन्दा बढी प्रभावित जिल्ला हो। अहिलेसम्म त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। राैतहट नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको गृह जिल्ला समेत हो । भने काठमाडआैंबाट सबैभन्दा नजिकको बाढी पीडित जिल्ला समेत हो ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












