विप्लव कार्यकर्ता खाना खान होटल छिरेका बेला प्राविधिक त्रुटीले बम पड्किएयाे
काठमाडौं । कैलालीको धनगढीस्थित निलम होटलमा बिहीबार साँझ विस्फोट भयो । उक्त विस्फोटमा पाँच जना घाइते भए । घाइते पाँचै जनाको धनगढीस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
त्यहाँ ‘स्टिल कन्टेनर'(टिफिन बक्सजस्तो बीचमा प्वाल पारेर विस्फोट गराउन प्रयोग गरिने) बम विस्फोट भएको कैलालीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले न्युज नेपाललाई जानकारी दिए । घटनास्थलबाट नाइन एमएमको पस्तोलसमेत प्रहरीले बरामद गरेको छ ।
घाइतेमध्ये दुई जना विप्लव समूहकै भएको पुष्टि भएको छ । घाइते लक्ष्मण सेराला र राम सिंह दुबैजना विप्लव समूहका कञ्चनपुर जिल्ला सदस्य रहेको समेत खुलेको छ । घाइते हुनेहरूमा राम सिँह- बझाङ (विप्लब समूह),लक्ष्मण सेरला – बेलौरी ५ कन्चनपुर (विप्लब समूह),मोबिन खान (ठेगाना नखुलेको), जितेन्द्र यादव ( धनगढी ४ बोराडाँडी), केशवराज पाण्डे – होटल मालिक रहेको प्रहरीले जनाएको छ ।
धनगढीमा विस्फोट : पाँचजना घाइते, दुईजना विप्लव समूहका भएको पुष्टि
स्रोतका अनुसार उनीहरुले उक्त बम पहाडतिर लैजाने तयारी गरेका थिए । पहाड जानका लागि तयार भएका र खाना खान उक्त होटलमा छिरेका थिए । दुईजनामध्ये एकजनाले झोला भिरेका थिए । उक्त झोलामा भएको बम प्राविधिक त्रुटीवश पड्किएको जनाइएको छ ।
घाइते दुबै जना पूर्व जनमुक्ति सेनाका लडाकु रहेकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।
तर, यता विप्लव समूहका कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले भने विप्लव समूहको संलग्नता नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, “कहीँ विस्फोट तथा आतंक हुँदा सीधै विप्लव समूहको नाम जोड्ने र बदनाम गर्ने सरकारको नीति छ । अनावश्यक आरोपमा विप्लव समूहलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।”
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












