तिलगङ्गा आँखा प्रतिष्ठानलाई डब्लुएचओ समन्वय केन्द्र मान्यता
काठमाडाैँ । तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ ।
नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था भएको छ ।
भक्तपुरस्थित सार्क क्षयरोग केन्द्रले सो सङ्गठनबाट समन्वय केन्द्रको मान्यता पाएको छ । आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले राष्ट्रिय एवम् अन्तरराष्ट्रियरूपमा महत्वपूर्ण काम गरेवापत सङ्गठनले यहाँ आज आयोजित कार्यक्रममा प्रतिष्ठानलाई प्रमाणपत्र प्रदान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा डब्लुएचओका देशीय प्रतिनिधि डा जोस भ्यान्डेलारले प्रतिष्ठानका कार्यकारी अधिकृत प्रा डा रीता गुरुङलाई सो प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सङ्गठनले हालसम्म ८० देशका ८०० केन्द्रलाई समन्वय केन्द्रको मान्यता दिएको छ । समन्वय केन्द्रको प्रमाणपत्र पाएसँगै प्रतिष्ठानका आँखा उपचार सेवा, शिक्षा, तालीम, उत्पादन तथा जनशक्तिले अन्तरराष्ट्रिय मान्यता पाएको छ ।
सन् १९९४ मा स्थापित प्रतिष्ठानले हालसम्म ६११ नेत्ररोग विशेषज्ञ, ७३२ आँखा स्वास्थ्यकर्मी, १० हजार ३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र छ हजार ९१६ चिकित्सा क्षेत्रका विद्यार्थीलाई तालीम प्रदान गरेको छ । यसैगरी आँखा स्वास्थ्यको अनुसन्धानमा प्रतिष्ठान अग्रस्थानमा रहेको छ । प्रतिष्ठानले हालसम्म २१० योजनामा सफल अनुसन्धान गरी १८३ शोध लेख प्रकाशन गरेको छ ।
त्यस्तै मोतियाविन्दु शल्यक्रियामा हालसम्मको नवीनतम प्रविधि फिमटोसेकोण्ड लेजर एसाइसटेड क्याक्टर सर्जरी सेवा शुरु गर्न लागिएको छ । हालसम्म प्रतिष्ठानले ६० लाखभन्दा बढी आँखा उपचार सेवा र चार लाखभन्दा बढीको अत्याधुनिक प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गरी ज्योति प्रदान गरेको छ ।
अर्कातर्फ भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, चीन, म्यान्मा, इण्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड, अर्जेन्टिना, इथियोपिया र घानाका नेत्र चिकित्सक प्रतिष्ठानमा आई मोतियाविन्दु चिकित्सा विधिका बारेमा ज्ञान लिएका छन् ।
यसैगरी १७ सामुदायिक आँखा केन्द्रमार्फत सेवा, आँखा बंैकमा १० हजारभन्दा बढी आँखाको नानी सङ्कलन, ८५ हजारभन्दा बढी व्यक्तिको आँखाको नानी दान गर्ने इच्छापत्र हस्तान्तरण तथा ५० लाखभन्दा बढी लेन्स उत्पादन गरी ७० देशमा वितरण गरिँदै आएको प्रतिष्ठानले जनाएको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












