ताजा समाचार

सुबिसुको कार्यालयमा भिषण आगलागी

काठमाडाैँ । बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिमा आगो लागेको छ।

वुधबार मध्यान्ह बालुवाटारमा कालो मुस्लो देखिएको थियो।

‘बालुवाटार चोक नजिकै रहेको सुविसुको स्टोरमा आगो लागेको जानकारी आएको छ,’ महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले भने, ‘सुरक्षाकर्मीहरु घटनास्थल पुगिसकेका छन्।’

आगलागीबाट मानविय क्षति भए नभएको भने केहि खुल्न सकेको छैन् । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको छ भने दमकलले आगो निभाउने कोसिस गरिरहेका छन् ।

स्टोरसँगै पेट्रोलियम भण्डारण गर्ने ट्याङ्कमा आगलागी भएको आशंका गरिएको छ ।

सुविसुका सञ्चालक सुधीर पराजुलले आगो लागेको जानकारी पाएपछि आफू त्यतै जान लागेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org