ताजा समाचार

पर्यटनमन्त्री भट्टराईको पहिलो ‘एक्सन’: वायुसेवा निमगको एक महिनाभित्र अवस्था अध्ययन गर्न कार्यदल गठन

काठमाडाैँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निमगको वर्तमान अवस्थाको अध्ययन गरी निगम सुधारका उपाय पहिचानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ।

संस्कृतिस पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले धरासायी बनेको नेवानिको अवस्था उकास्न एक महिना भित्र प्रतिवेदन दिने गरी ५ सदस्यीय कार्यदल बनाइएको जानकारी दिए।

‘साउन १५ गते वाह! नेवानिको उद्घोष गरेको थिएँ। पछिल्लो एक साता म नेवानिकै लागि व्यस्त भएँ’, उनले भने, ‘नेवानिका विषयमा धेरै अध्ययन र कामहरु भएका छन्। यस विषयमा थप छलफल गर्न एउटा कार्यदल बनाएको छु।

त्यो कार्यदलले एक महिना भित्र प्रतिवेदन बुझाएपछि नेवानिको भेन्टिलेटर कहाँबाट खोल्ने हो खोल्छु।’ कार्यदलको संयोजकमा पूर्वसचिव सुशील घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधीरसंशेर राई रहेका छन्। कार्यदलको सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरेलाई तोकिएको छ।

मन्त्री भट्टराईले यहीबीचमा नेवानिसँग आफूले बिजनेस प्लान मगाएको पनि जानकारी दिए। त्यस्तै मन्त्री भट्टराईले विमानस्थलमा सञ्चालन भइरहेका पुराना गाडी हटाउन पनि निर्देशन दिएको बताएका छन्। ‘नेपालबाट विदेश जान र नेपाल आउन धेरै महँगो छ’, उनले भने, ‘तर विमानस्थल भित्र पुराना गाडीहरु सञ्चालन भएका छन्। यी गाडी हटाएर स्मार्ट गाडीहरु राख्न निर्देशन दिइसकेको छु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org