ढुक्क हुनुस्, ‘मेलम्चीको पानी मेरै पालामा आउँछ’: मन्त्री बिना मगर
काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नै कार्यकालमा पूरा हुने बताएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले भनिन्, “यहाँ बोल्ने माननीयज्यूहरुले २४ वटा मन्त्री फेरिए तर मेलम्ची आएन भन्नुभो । यो सरकार अघिल्ला सरकारजस्तो होइन ।
तपाईंहरु सबै ढुक्क हुनुस्, अब २४ औं मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौंबासीले खान पाउँछन् ।”
मेलम्चीका विषयमा आफूले सांसदहरुबाट धेरै पटक धेरै प्रश्न सुनेको र आफूले पनि धेरै पटक जवाफ दिइसकेको बताउँदै उनले आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौं आउने प्रतिवद्धता दोहोर्याइन् ।
नेपालको खानेपानी क्षेत्रमा धेरै चुनौती रहेकाले यसलाई नजरअन्दाज गर्न नसकिनेसमेत मन्त्री मगरले बताइन् । “सीएमसी कम्पनी आर्थिक रुपमा टाट पल्टिन सरकारको र मन्त्रीको कुनै भूमिका छैन । सिएमसी टाट पल्टिएकाले नेपालमा मात्रै होइन अरु देशमा पनि असफल देखिएको कुरालाई माननीयज्यूहरुले आत्मसात् गर्नुपर्यो,” उनले भनिन् ।
नेपालको सबै क्षेत्रमा खानेपानी वितरण, स्रोत संरक्षण र पहिचान र व्यवस्थापन गर्न मन्त्रालयले खानेपानी विधेयक तयार गरिसकेकाले खानेपानी वितरण र आधारभूत खानेपानीको परिपूर्ति तथा पानीको निर्यात गर्ने लक्ष्य चाँडै नै हासिल गर्ने मन्त्री मगरले बताइन् ।
“हिमाल, पहाड र तराईलाई केन्द्रित गरेर र वर्षाको संकलन गरेर पानीको वितरणको तयारीमा छौं । सस्ता खालका केही आयोजना सञ्चालन गरेर खानेपानी पूर्तिको योजना बनाएका छौं । सम्भव भएका स्थानमा डिप बोरिङ गर्नेछौं । धेरै आयोजना निर्माणाधीन छन् । देशभर ९२ प्रतिशत खानेपानी पुर्याउने प्रतिवद्धतामा केन्द्रित रही आधारभूत खानेपानीको परिपूर्ति र निर्यात गर्ने लक्ष्यमा छौं,” मन्त्री मगरले भनिन्, “जथाभावी डोजर चलाएका कारण पानीका मुहान सुकेका छन् । डोजरको जथाभावी सञ्चालन रोक्न पहल गरेका छौं । चुरे–भावर क्षेत्र संरक्षणमा सबै जुट्नुपर्छ । सबै निकायले पानीको मुहान संरक्षणका काम गर्नुपर्छ ।”
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुकेका पानीका मुहान संरक्षण र खानेपानीको सम्भावित स्रोत पहिचानमा मन्त्रालयले अध्ययन गरिरहेको पनि मन्त्री मगरले बताइन् । “उपत्यकामा खानेपानीका धेरै स्रोतहरु सुकेका छन् । हाम्रो मन्त्रालयको एउटा निकायले डेढ वर्ष लगाएर खानेपानीको सन्दर्भमा अध्ययन गरेको छ । ढुङ्गेधाराको पानी परीक्षण र स्रोत पहिचान र पुर्खाले बनाएका ढुङ्गेधारा र पोखरीको अध्ययन गरेको छ । कतिपय पोखरीमा घर बनाएको भेटिएको छ,” मन्त्री मगरले भनिन् ।
जमिनमा पानीको रिचार्ज आवश्यक रहेकाले यसपलि सानै भए पनि जमिन रिचार्जको अध्ययन गरेको संसदमा उनले जानकारी गराइन् । काठमाडौंलाई फोकस गरेर ढुङ्गेधाारा र पोखरीको कनेक्सन लागू गर्ने काम यही वर्षाबाट सुरु गरिने उनले बताइन् । खानेपानीको परिपूर्तिका साथै डिपबोरिङ र जमिनबाट निकालिने पानीको आर्सेनिक लगायतले पारेको समस्याले उत्पन्न भएका समस्या समाधान गर्न पनि मन्त्रालयले काम सुरु गरेको मन्त्री मगरले उल्लेख गरिन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












