ताजा समाचार

प्रतितोला सुनको मूल्य पुग्यो ७० हजार !

काठमाडाैं । सुनको मूल्य आज बढेर ७० हजार पुगेको छ ।

दैनिक सुनको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस ११ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य ६९ हजार ७ सय पुगेको छ ।

लगातार सुनको मूल्य उकालो लाग्दै गएको सुनको मूल्य बुधबार कदिनमै १५ सय रुपैयाँ बढेको थियो । बिहीबार पनि सुनको मूल्यमा ५ सय रुपैयाँ वृद्धी भएको छ । यो मूल्य अर्को रेकर्ड हो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १४ सय ५९ अमेरिकी डलरमा कारोबार भएको थियो। बुधबार बढेर प्रतिऔस १४ सय ८६ अमेरिकी डलर पुगेको थियो भने आज त्यो बढेर १४ सय ९७ डलर ९९ सेन्ट पुगेको छ ।

व्यवसायीका अनुसार न्युर्योक बजारले २०१९ को अन्तसम्म सुन प्रतिऔस १५ सय डलर पुग्ने प्रक्षेपण गरेको छ । यही क्रममा वृद्धि भए एक/दुई दिनमै उक्त मूल्य भेट्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org