रबि लामिछाने,अस्मिता कार्कि र युवराज कडेंल मेरो हत्यारा हुनः शालिकराम पुडासैनी (भिडियोसहित)
काठमाडाैं । चितवनको गर्मी । फ्यानको किरिङ किरिङ आवाज । सेतो गञ्जी लगायर धुरुधुरु रुदै आफ्नो आत्महत्याको बारेमा बोल्दै छन् । पत्रकार शालिगराम पुडासैनी ।
उनी आफू आफ्नो देह त्याग किन गर्न खोज्दैछु भनेर बोल्दै गर्दा सिधा कुरा जनतासँगका कार्यक्रमका प्रस्तोता रवी लामिछानेको बारेमा बेलिविस्तार लगाउदै छन् । उनलाई आफ्नो आत्माले शान्ति पाओस भन्ने आशा समेत छ । यसैका लागि उनले नेपालको कानुन बनिसकेको भन्दै रवी लामिछाने, अस्मिता कार्की (रुकु) र युवराज कडेललाई फासी दिए पुग्ने भन्न भ्याएका छन् ।
पुडासैनीका आँखा भरी आशु देखिन्छन् । भक्कानिन्छन् । अनि भन्छन्, सेक्युरिटी अफिस र कन्सल्टेन्सी चलाएर बसेको थिए । आम्दानी मासिक १ लाख बढी नै थियो तर, न्युज २४ मा विवशताले गर्दा न्युन तलब लिएर काम गर्न बाध्य भए । कहिले कठालो समाते कहिले कपडा च्यातिदिन लागे ।
उनी भन्छन्, रवीले बिना कारण दोष लगाएर समाचार बनाउथ्ये । व्यक्तिगत रिसिवी टेलीभिजनमा शाधेर समाचार बनाउथ्ये । तर पनि मलाई टर्चर दिन्थ्ये । तलब बढाउने कुरा गर्दा उल्टै हकार्थे ।
थोरै तलब भएपछि मलाई जीवन धान्न मुस्किल बन्दे गएको थियो । उनी रुदैरुदै भन्छन् । न्युज २४ मा काम गर्दा आफूलाईइ युवराजले टर्चर दिएको र छाडिस भने फस्छस भन्दै आफूलाई धम्क्याएको उनको दाबी छ ।
आफूलाई यति धेरै पीडा भएपछि युवराजले अस्मिता कार्कीलाई जोडाइदिएर अष्ट्रेलिया पठाइदिने भनेर आश्वासन दिए । म मख्ख परें । अस्मितालाई मैले बीपी अस्पतालमा जागिर लगाइदिए । उसलाई पुतलीसडक छाड्ने सबै काम हुन थाल्यो । युवराजले सबै कुरा गरिदिएको छु भनेका थिए । तर, मलाई अस्मिताले तथानाम गर्न थालेपछि म टाढिदै गए । र न्युज २४ छाडें ।
युवराजले मलाई फसिस भनेर भने । मलाई मेरा साथीहरुले समेत फसाउन लागे के गर्छस भनेर भनेपछि म निराश भएको छु । यस्तो निर्णयमा पुगेको छु ।
अन्त्यमा पुडासैनीले भनेका छन्, रवी लामिछाने तिमिलाई पाप लाग्छ । तिमि जत्ति अधर्मी यो देशमा कोहि छैन् । दुनियालाई लुटेका छाै थर्काएका छाै । रवी लामिछाने तिमिलाई त्यो पैसाले एक दिन पोल्नेछ । याद गर । तिमि जस्तो भ्रष्ट अरु कोहि छैन । रवीका अन्धभक्त
वेलकम एड एजेन्सी मार्फत रवीले पैसा लिन्छन् । मेरो हत्यारा तिमि हाै । अस्मिता युवराज र तिमि हाै ।
भीडियोः
Comments
अरु समाचार
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...












