ताजा समाचार

रातारात बैंक लुट्ने पाँच चिनियाँ ह्याकरलाई प्रहरीले सार्वजनिक गर्यो

काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले ती चिनियाँहरुले दरबारमास्थित नबिल बैंकको एटिएम तथा ठमेलस्थित हिमालयन बैंक र प्रभु बैंकको एटिएम बुथबाट एक करोड २६ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको बताएका छन्।

‘हाम्रो अनुसन्धानमा अवैधरुपमा रकम निकाल्न तीनवटा एटिएम बुथ प्रयोग भएको छ’, उनले भने, ‘दरबारमार्गस्थित नबिल बैंक, ठमेलको हिमालयन बैंक र प्रभु बैंकको एटिएमबाट रकम झिकिएको भेटिएको छ।’

सुवेदीका अनुसार ह्याकरहरुले एक पटकमा २० हजार भन्दा धेरै रकम निकालेको भेटिएको छ। ‘ह्याकरहरुले व्यक्तिको भन्दा सिधै बैंककै खातामा आक्रमण गरेको भेटियो। बैंककै खाताबाट रकम निकालेको जानकारी आएको छ’, सुवेदीले भने, ‘रकम निकाल्न प्रयोग भएका डिभाइसहरु पनि बरामद भएका छन्।

एक पटकमा २०-२० हजार मात्रै निकालेको देखिँदैन। त्यो भन्दा धेरै रकम निकालेको जानकारी हामीलाई आएको छ।’ सुवेदीले सिसिटिभी फुटेज पनि हेरिरहेको जानकारी दिए। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौैँ,’ उनले भने, ‘थप अनुसन्धानका लागि अन्य प्रविधि पनि प्रयोग गरिरहेका छौँ। केही प्रविधि प्रयोग गरेर बढी रकम निकालेको देखिन्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org