ताजा समाचार

प्रधानमन्त्री ओलीले संविधान दिवसका दिन देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडाैँ ।  प्रधानमन्त्रीले संविधान दिवसका दिन देशबासीका नाममा सम्बोधन गर्ने भएका छन ।

‘संविधान दिवसका दिन प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने डा. अर्यालले भने, ‘संविधान दिवसका दिन सम्बोधन गर्ने कार्यक्रम रहेकाले संसदको सम्बोधन रोकिएको हो।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार असोज ३ गते (भोली) संविधान दिवसका दिन देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले संसदको कार्यक्रम रद्द भएको हो ।

प्रधानमन्त्री ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम थियो। दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई र त्यसपछि राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको थियो।

प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने थियो। यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org