ताजा समाचार

एभरेष्ट नाम राखेर चीनले बनायो बिएमडब्ल्यू जी ३१० जीएसको डुब्लिकेट बाइक !

काठमाडाैं । चीनले बिएमडब्ल्यू जी ३१० जीएसको डुब्लिकेट बाइक निर्माण गरेको छ । चीनमा यसअघि पनि अन्तर्राष्ट्रिय बजारमा सफल भएका बाइक तथा कारको क्लोन बनाउने गरेको पाइन्छ ।

केही समय अगाडि भारतीय बजारमा निर्माण भएको बिएमडब्ल्यू जी ३१० जीएस बाइकको हाल चीनमा क्लोन निर्माण भएको छ । यो बाइकको नाम एभरेष्ट राखिएको छ ।

बिएमडब्ल्यू जी ३१० जीएसकै समान लुक्समा यो बाइक निर्माण गरिएको छ । टुरर् एड्भेन्चर यो बाइकमा सबै खाले समान सामान प्रयोग गरिएको छ । कस्मेटीक बाहेक यी बाइकमा कुनै पनि फरक देखिदैन ।

उक्त बाइकको इन्जिन क्षमता भने फरक रहेको छ । एभरेष्ट ४०० एक्समा ३७८ सीसी टु सिलिन्डर, ८ भल्भ, लिक्वीड कूल्ड इन्जिन रहेको चिनीयाँ कम्पनी जोङसेनले जनाएको छ । उक्त इन्जिनले ३६ पीएस पावर जेनेरेट गर्छ । यसमा ६ स्पीडको ट्रान्समिशन रहेको छ ।

बिएमडब्ल्यू जी ३१० जीएसमा भने ३१० सीसी सिगंल सिलिन्डर इन्जिन रहेको छ । जसले ३४ बीएच पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ ।

एभरेष्ट ४०० एक्सको फ्रन्टमा ४१ एमएमको यूएसडी फर्क दिइएको छ । रियर तथा फ्रन्टमा डिस्क ब्रेकसहित एबीएस उपलब्ध रहेको छ । यो बाइकमा २२० एमएमको ग्राउन्ड क्लियरेन्स, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प, यूएसबी चार्जर र्पोट जस्ता फिचर रहेको छ । चीनमा यसको मूल्य २९ हजार ८०० यूवान रहेको छ, उक्त रकम ४ लाख ७७ हजार नेपाली रुपैयाँ बराबर हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org