ताजा समाचार

जनकपुरमा करेन्ट लागेर होटेल सञ्चालकसहित तीनको मृत्यु

काठमाडाैँ ।  जनकपुरको गणेशमान चारनाथ नगरपालिका मा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।

जनकपुर स्थित चारनाथमा  पुर्वेली स्टाप होटलका सञ्चालक शिवकुमार महतो, उनका श्रीमती र एक कामदारको होटलमा सुतिरहेका अवस्थामा  करेन्ट लागेर मृत्यु भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

उनका अनुसार मृतक कामदारको पहिचान खुल्न सकेका छैन्।  घरमा सुतिरहेका बेला विधुत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ। विहान ढिलोसम्म होटल नखोल्दा स्थानीयले त्यहाँ गएर हेर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेको थियो।

मृतक तीनै जनाको शव अहिले घटनास्थल मै छ। प्रहरी घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी गरेको एसपी खनालले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org