ताजा समाचार

चीनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको विचारधारात्मक छलफलले नेपाली समाजमा सकारात्मक प्रभावः नेकपा

काठमाडौं । चीनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली काठमाडौंमा दुई दिने प्रशिक्षणपछि आज (बुधवार) बेइजिङ फर्किएको छ ।

ताओलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका हुन् ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी पनि उपस्थित थिइन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफलले नेपाली समाजमा सकारात्मक प्रभाव पारेको नेकपाले जनाएको छ ।  चीनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच भाइचारा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ति जारी गरी दुई पार्टीबीच भएको विचारको छलफल तथा अन्तरक्रियाले कम्युनिस्ट पार्टी सन्चालन तथा अनुशासनका विषयमा महत्वपूर्ण शिक्षासमेत नेकपा पंक्तिले पाएको बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org