त्रिकोणात्मक टी–ट्वान्टी : नेपाल र सिङ्गापुर भिड्ने
काठमाडौं । सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिङ्गापुरसँग खेल्दैछ ।
सिङ्गापुरस्थित इण्डियन एशोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ सिङ्गापुरविरुद्ध मैदानमा उत्रदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त प्रतियोगिताको फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
यदि सिङ्गापुरविरुद्धको अन्तिम खेलमा नेपाल पराजित भएमा जिम्बावे र सिङ्गापुर एकापसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्नेछन् । त्यसकारण पनि आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । यता, सिङ्गापुर नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । उक्त सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भयो । त्यस्तै सिरिजको दोस्रो खेलमा सिङ्गापुरले जिम्बावेलाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा छ । यसअघि तीन खेल खेलेको नेपालको दुई अङ्क छ । त्यस्तै शीर्ष चार अङ्क जोडेको जिम्बावे शीर्ष स्थानमा छ । आयोजक सिङ्गापुर दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ ।
सिङ्गापुरले अन्तिम खेल भोलि जिम्बावेसँग खेल्नेछ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ । नेपाली टोली सिङ्गापुरबाटै सिधै ओमान जानेछ । ओमानमा यही असोज १८ देखि २३ गतेसम्म चल्ने टि ट्वान्टी सिरिजका लागि नेपाली टोली त्यसतर्फ जानेछन् ।
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...