ताजा समाचार

महराको राजीनामाबारे संसद सचिवालयले जानकारी गरायो

महराको राजीनामामा भनेजस्तै फर्केलान त उनी फेरी सभामुखमा ?

काठमाडाैं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले औपचारिक जानकारी गराएको छ ।

बलात्कारको आरोप लागेपछि सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । बुधबार सचिवालयका सचिव भरतराज गाैतमले सूचना जारी गर्दै महराले राजीनामा दिएको जानकारी गराएका हुन् ।

सचिव गौतमले उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना जारी गरेको उल्लेख छ।

महराको राजीनामामा अनुसन्धान नसकिदासम्म राजीनामा दिएको भन्ने व्यहोरा उल्लेख गरिएको थियो भने उनका प्रेस सल्लाहकार डिल्ली मल्लले महरा काममा फर्कने जनाउदै आएका थिए । तर, संसद् सचिवालयको सूचनामा यसबारे केहि खुलाइएको छैन् ।

यो सँगै सभामुख चयनका लागि बाटो खुलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org