ताजा समाचार

वैद्य नेतृत्वको माओवादीले मंसिरमा हुन लागेको उपनिर्वाचन बहिस्कार गर्ने

काठमाडाैं । मोहन वैद्य ‘किरण’ नेतृत्चको नेकपा क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने भएको छ ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय भएको देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता सीपी गजुरेलले जानकारी दिएका छन् ।

राजधानीको कमलादिमा पत्रकार सम्मेलन गर्दै गजुरेलले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरिएको भन्दै अहिलेको संविधान, सरकार र व्यवस्थाकै विकल्प खोजेको बताए ।

नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो । निर्वाचनलाई पार्टीले रणनीति नभएर कार्यनीति मान्ने भन्दै उनले निर्वाचनमा कार्यनीति अन्तर्गत कहिले भाग लिने कहिले नलिने हुने जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org