स्वास्थ्यका कारण आज निवर्तमान सभामुख महराको ‘पोलिग्राफ टेस्ट’ भएन, आज थुनछेक बहस नहुने
काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् ।
गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ । यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले–नबोलेको पत्ता लाग्छ । महराले पीडित महिलाको डेरामा नै नगएको इन्कारी बयान दिएका थिए । जसले गर्दा सरकारी वकिल कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको थियो ।
अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन । साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ । ‘बिरामी भएर अस्पतालमै बसेकाले पनि पोलिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौँ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो ।’ प्रहरीले केही वर्षयता हरेकजसो गम्भीर किसिमका अपराधको अनुसन्धानमा अभियुक्तको पोलिग्राफ टेस्ट गराउँदै आएको छ । यसलाई अदालतले पनि स्विकार्दै आएको छ ।
आज फरेन्सिक रिपोर्ट बुझाउँदै
प्रहरीले महराको औँठाछापको नमुना लिएर फरेन्सिक टेस्ट गरेको थियो । जसको रिपोर्ट प्रहरीले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । रिपोर्टलाई प्रहरीले गोप्य नै राखेको छ । रायसहितको अनुसन्धान प्रतिवेदन तिहारअघि नै सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
पीडित महिलाले मदिरा पिलाएर आफूमाथि बलात्कार प्रयास गरेको बताएकी थिइन् । प्रहरीले महिलाको डेराबाट मदिरा तथा गिलास पनि बरामद गरी फिंगरप्रिन्ट निकालेको थियो । फिंगरप्रिन्ट मिलेमा महराविरुद्धको प्रमाण बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन् । बरामद मदिरासहितको बोतल, गिलास, महराको भनिएको चस्मालगायत सामानलाई पनि प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।
आज थुनछेक बहस हुँदैन
यता काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले पनि महराविरुद्ध मुद्दा दर्ताका लागि सरकारी वकिल बिहान साढे १० बजेसम्म नआएको बताएका छन् ।
अब आए पनि मुद्दा दर्ता मात्रै हुने तर अरू प्रक्रिया आजलाई अघि बढाउन नसकिने उनको भनाइ छ ।
‘आजलाई अदालतमा बहसका लागि मुद्दा गोला भइसकेको छ,’ भने, ‘आजलाई अब मुद्दा दर्ता मात्रै हुन्छ, अरू केही हुँदैन ।’
उनका अनुसार हरेक दिन अदालतमा बहसका लागि गोला प्रथाद्वारा मुद्दा छनोट गरिन्छ। जुन आजका लागि गरिसकिएको छ। तसर्थ महराविरुद्धको मुद्दा आज दर्ता भए पनि बहसका लागि छनोट नहुने अदालतका सूचना अधिकारी कार्कीको भनाइ छ ।
उनका अनुसार महरालाई अदालत उपस्थिगत गराई उनीविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेपछि अदालतका तर्फबाट पनि अभियुक्तको बयान लिइन्छ र त्यसपछि मात्रै थुनछेक बहस सुरु हुन्छ ।
यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ। महरा पक्राउ परेको आज २५ दिन हुन्छ। गत असोज १९ गते प्रहरीले महरालाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी गरेको छ। जसमा १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी लिन राय दिइएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ।
गत असोज १२ गते साँझ आफू बसेको डेरामै आएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै असोज १८ गते पीडित रोशनी शाहीले महराविरुद्ध उजुरी दिएकी थिइन् ।
त्यसपछि १३ असोजमा प्रहरीले महरालाई पक्राउ गरेको थियो। महरा बिरामी भएपछि उनलाई असोज २३ देखि नर्भिक अस्पतालमा राखिएको छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












