ताजा समाचार

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, छानबिन समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् ।

राष्ट्र बैंकले छानविन समिति बनाएपछि श्रेष्ठ स्वतः निलम्बनमा परेका हुन् । सोमबाट बसेको राष्ट्र बैंकको संचालक समितिले तीन सदस्यीय छानबिन समिति बनाएपछि गभर्नर श्रेष्ठ निलम्बनमा परेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नर छानबिन प्रक्रिया अगाडि बढेसँगै स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।

राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा संचालक रामजी रेग्मी र डा. सुवोधकुमार कर्ण सदस्य रहने गरी समिति बनाएको हो ।

छानबिन समितिले एक महिनाभित्र श्रेष्ठमाथि लागेको आरोपलगायतका बारेमा प्रतिवेदन दिने छ। समितिले श्रेष्ठलाई दोषी देखाएमा एक पटक स्पष्टीकरणको मौका दिइने छ। चित्तबुझ्दो स्पष्टीकरण नआए सरकारले उनलाई बर्खास्त गर्ने छ ।

श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको, एनसेललाई अदालतको निर्णय आउनुपूर्व नै लाभांश लैजान स्वीकृति दिएको, बैंकको खराव कर्जा लुकाउन सहयोग गरेको, सुमार्गीको रकम फुकुवा गर्न सहयोग गरेकोजस्ता आरोप लागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org