ताजा समाचार

बैतडीमा वडा सदस्य मृत अवस्थामा भेट्टिए

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिएका छन् ।

पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org