व्यक्तिको नाममा दर्ता भएको करिब १९ बिघा जमिनको दर्ता खारेजी
सर्लाही । नेपाल सरकारले अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता भएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ । मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी सरकारको नाममा कायम गरेको हो ।
साविकमा सरकारको नाममा दर्ता कायम भएको बरहथवा नगरपालिका अन्तर्गतका जग्गा विभिन्न व्यक्तिहरूले अनधिकृत रुपमा आफ्नो नाममा बनाएको पाएपछि मन्त्रालयले जग्गा सरकारको नाममा फर्काउन पहल थालेको थियो । कित्ता नम्बर ७३ को चार विघा २ कट्ठा ३ धुर, कित्ता नम्कर १६८ को १३ कट्ठा, कित्ता नम्बर ३२८ को ७ विघा १४ कट्ठा, कित्ता नम्बर २१४ को ५ विघा १० कट्ठा, कित्ता नम्बर १४२ को १२ कट्ठा र कित्ता नम्बर १४३ को १ विघा १७ कट्ठा १० धुर गरी जम्मा १८ विघा १५ कट्ठा १३ धुर जमिन सरकारले ति व्यक्तिहरूको नामबाट दर्ता खारेज गरी सरकारको नाममा कायम गरेको हो ।
मालपोत ऐन, २०३४ को दफा २४९२० बमोजिम बदर गरी सरकारको नाममा जमिन कायम गरिएको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले जानकारी दिए । बरहथवा नगरपालिका अन्तर्गत साबिक गंगापुर सितापुरका ईनरदेव साह सुडी, हजरियाका जगदेब महतो, गंगापुर सितापुरका दिर्घमाया दर्लामी, तोतादेबी दर्लामी र शोभादेवी दर्लामीको नाममा उक्त सरकारी जग्गा जनधिकृत रुपमा दर्ता गरिएको थियो । त्यस्तो १३ कट्ठा जमिनको दोहोरो लगत कट्टा गरिएको छ ।
मन्त्री अर्यालले उक्त जग्गा अनधिकृत व्यक्तिको नाममा भएको दर्ता खारेज गरी सरकारको नाममा दर्ता गरेको घोषणा गरेकी हुन् । बरहथवामा आयोजीत भव्य समारोहका बीच मन्त्री अर्यालले उक्त घोषणा गरेकी हुन् । कार्यक्रममा मन्त्री अर्यालले अब कोहीपनि जमिनबिना बस्नुपर्ने स्थिती नआउने बताए ।
सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाएर सरकारी ताथा खालि रहेका जग्गाको व्यवस्थापन गर्दै लैजान लागेको मन्त्री अर्यालको भनाई थियो । आगामी माघ महिनासम्ममा शक्तिशाली भूमि आयोग बनाउनेगरी काम अगाडी बढेको बताइन । ‘सरकारले लामो समय लगाएर भूमिसम्बन्धी कानुन बनाइसकेको छ, अब सरकार कार्यान्वयनको पक्षमा रहेकाले केही समय लाग्छ, आयोग बनिसकेपछि भूमिसम्बन्धी कुनै समस्या आउँदैन’, मन्त्री अर्यालले भनिन् ।
मन्त्री अर्यालले देशभरका जग्गाको विवरण लिएर त्यो सरकारको नाममा फर्काउने अभियान थालिएको बताइन । ‘हाम्रो शुरूआत हो । अब हजारौं विघाको संख्यामा सबै माफियाबाट जग्गा खोस्दैछौ । जग्गा दोहन गर्ने तत्वलाई निरूत्साहित गर्नेगरी अगाडी बढेका छौ । देशभर कति सरकारी, सार्वजनिक र गुठीका जग्गा कति दोहन भएका छन् त्यसको तथ्यहरू लिदैछौ’, मन्त्री अर्यालले भनिन् ।
सरकारले सरकारी र सार्वजनिक जग्गाको बारेमा अध्ययन गर्न शक्तिशाली आयोग बनाएर भर्खरै आयोगले प्रतिवेदन बुझाएको भन्दै उनले प्रतिवेदनमा झण्डै ४३ सय बिघा जमिन अतिक्रमण भएको र त्यो सरकारका नाममा फर्काउन भनिएको बताइन् ।
Comments
अरु समाचार
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...












