ताजा समाचार

पाकिस्तानी अदालतले सुनायो पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड

काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो ।उनी भने हाल पाकिस्तानमा छैनन् ।

दुबईमा उनको उपचार भइरहेको छ । केही दिन अघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफूकहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए ।

आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org