काजक्रिया छाडेर ‘श्रद्धाञ्जली सभा’
ओखलढुंगा । नेकपाका आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडा बुवाको काजक्रिया गर्न कपाल काटेर कोरामा बसेनन् । उनी मंसिर २९ गते बुवाको निधन भएपछि अन्तिम संस्कारमा सहभागी भए । फर्केर घरमा बुवाको फोटोमा फूल चढाए, धुप बाले । दसौं दिनसम्म यसरी नै उनले बुवालाई सम्झिए ।
उनले आफन्त तथा शुभचिन्तकलाई पनि त्यसरी नै बुवालाई सम्झिन आग्रह गरे । शोक पुस्तिकामा श्रद्धाञ्जली लेखेर, फूल चढाएर धेरैले नेता खतिवडाका बुवा मनोरथलाई सम्झिए। तर उनका दुई जना भाइ नरेन्द्र र सुरेन्द्र भने काजक्रियामा बसेका छन् । नरेन्द्रले संस्कार परिर्वतन गर्न दाजुले छलफल गरे पनि परिवारका सदस्य र अन्य व्यक्तिले परम्परा तोड्न नहुने भनेपछि आफूहरूले सल्लाहमै फरकफरक तरिकाले काजक्रिया गरेको बताए । उनले भने, ‘दाजुको अभियानमा हाम्रो समर्थन छ, हामीलाई पनि उहाँको सद्भाव छ।’
पेशलकै आग्रहमा दसौं दिन उनी आबद्ध संस्था आधारशीला परिवार बर्दिबास र नेकपा जिल्ला कमिटीले खतिवडा परिवारको घर नजिकै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा आइतबार श्रद्धाञ्जली सभा गर्यो । सभामा खतिवडाले परिवार र दाजुभाइसँग सल्लाह गरेरै आफूले संस्कृति रुपान्तरणका लागि नयाँ तरिकाले बुवालाई सम्झिएको बताए ।
उनले मृत्यु संस्कारमा रुपान्तरण आवश्यक रहेको भन्दै रुपान्तरण आफैंबाट थालेको बताए । उनले भने, ‘आफन्त गुमाएका बेला मान्छे त्यसै पीडामा हुन्छ, हाम्रो मृत्यु संस्कार गर्ने तरिकाले थप पीडा दिन्छ। मरेपछि गरुड पुराण सुन्दा पार तर्ने भ्रमबाट मान्छेलाई मुक्त गरेर सरल संस्कृति अवलम्बन गर्न प्रेरणा दिन सुरुवात आफैंबाट गरेको हुँ।’
नेकपाका स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले भने, ‘संस्कृति हाम्रो जीवन हो भने यसलाई सरल बनाउन वैज्ञानिक तरिका अपनाउन सक्नुपर्छ।’ शैक्षिक रुपान्तरणमा गरेको योगदानको चर्चा गर्दै उनले मनोरथको थालनीले परम्परा ठीक कि रुपान्तरण भन्ने बहस सुरु भएको बताए। यस्तो बहस थालनी गरेर सांस्कृतिक रुपान्तरणको अभियन्ता बनेकामा धन्यवाद समेत दिए ।
यस्ता परम्पराको रुपान्तरण आवश्यक भएको नेकपाका जिल्ला इन्चार्ज तथा सांसद यज्ञराज सुनुवारले बताए । खतिवडा परिवारले पिताद्वारा स्थापित जीवनप्रदिप मावि हर्कपुरबाट बर्सेनि उनको स्मृतिमा एसईईमा सर्वोत्कृष्ट, दलित र महिला गरि ३ जनालाई ३ हजारका दरले पुरस्कार दिने घोषणा गरेको छ । मृत्यु संस्कार रुपान्तरण गरेर सरल बनाउन अभियान थाल्ने जोसुकैलाई ५ हजार पुरस्कारको पनि घोषणा गरेको छ ।
संस्कार परिवर्तन गर्न कठिन भए पनि पेशलले ऐतिहासिक कदम उठाएको स्थानीय बुद्धिजीवी कुलप्रसाद खतिवडाले बताए । यसले अहिले समाजमा अहिले परम्परागत तरिका परिर्वतन भन्ने बहस सुरु भएकाले आगामी दिनमा यस्ता परम्परा बिस्तारै सुधारिने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !
काठमाडाैं । नेकपा एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको...













