विश्वमा पहिलो पटक ‘जिन–इडिट’ गरी बच्चा जन्माउने चिनियाँ डाक्टरलाई ३ वर्षको जेल सजाय
एजेन्सी । विश्वमै पहिलो पटक वंशाणुगत फेरबदल (जिन–इडिट) गरी २ बच्चा बनाएका वैज्ञानिक हि जियानकुलाई चिनियाँ अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।
उनले सन् २०१८ को नोवेम्बरमा जिन–इडिटिङ प्रविधिको प्रयोग गरी लुला र नाना नाम गरेका जुम्ल्याहा बच्चाको जन्म गराएका थिए । उनको यस्ताे दाबीसँगै विश्व विज्ञान नै आश्चार्यमा पारेका थिए ।
संघाई अदालतले अवैध अभ्यास गरेको दोषी ठहर गर्दै उनलाई ३० लाख युआन (४ करोड ८८ लाख रुपैयाँ) जरिवानासमेत तोकेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार उनको टिममा कार्यरत अन्य दुई जनालाई कम सजाय तोकिएको छ ।
‘उनीहरुसँग यस्तो प्रकृतिले औषधीकाे अभ्यास गर्न उचित प्रमाणीकरण थिएन, नाम र प्रसिद्धिका लागि राष्ट्रिय चिकित्सा नियम उल्ंघन गरेका छन्,’ सिन्ह्वाले जनाएअनुसार अदालतले भनेको छ, ‘उनीहरुले वैज्ञानिक अनुसन्धान र चिकित्सा नैतिकताको हद पार गरेको देखिएको छ ।’ अदालतले हिजानकुसँगै काम गरेका झांग रेन्लीलाई २ वर्षको जेल सजाय र १० लाख युआन जरिवाना तोकिएको छ । सहकर्मी किन जियानकुलाई १८ महिना जेल र ५ लाख युआन जरिवाना तोकेको छ ।
उनीहरुले गत वर्ष ७ जना बच्चाको भ्रुणमा जिन–इडिटको परीक्षण गरेका थिए । भ्रुण अवस्थामा रहेको बच्चाको वंशानुगत फेरबदल गर्न कतिपय देशमा रोक लगाइएको छ । यद्यपि, यसबारे वैज्ञानिकहरुको अनुभव र ध्यानाकर्षण रहँदै आएको छ ।
जियानकुले जिन–इडिट गरेर बच्चा जन्माएपछि एचआइभी संक्रमण नहुने बनाउन खोजेको बताएका थिए । तर, यसै डिसेम्बरको पहिलो हप्ता ‘म्यासाचुसेट्स इन्सट्युट अफ टेक्नोलोजी’बाट सार्वजनिक भएको रिपोर्टले ती बालिकामा रोग प्रतिरक्षा क्षमता विकास गर्न सफल नभएको देखाएको थियो । बच्चालाई जन्मेपछि क्यान्सर, एचआइभी जस्ता संक्रमण नहुने किसिमले भ्रुण अवस्थामै जिन–इडिट गर्न सकिने वैज्ञानिकहरुको बुझाइ छ । यस क्रममा ‘डिएनए’ थप्ने, बदल्ने, हटाउने तथा विस्थापन गर्ने किसिमका फेरबदल गरिन्छ ।
Comments
अरु समाचार
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...