ताजा समाचार

कास्मिरबाट भित्रिएको पश्चिमी वायू सशक्त बन्दै,देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । भारतको कास्मिरबाट भित्रिएको पश्चिमी वायुको न्यून चापीय प्रणाली आजदेखि सक्रिय बनेको मौसमविद्ले बताएका छन्।

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले आजदेखि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेको र यसका बादल नेपालका पश्चिमदेखि पूर्वसम्मका आकाशमा फैलिसकेको जानकारी दिए।

‘आज पूर्वदेखि पश्चिमसम्मैका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात एवं देशका केही स्थानमा वर्षाको सम्भावना छ,’ नेपालखबरसँग उनले भने, ‘यसले चिसो बढाउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन हामी सबैलाई सुझाव दिन चाहन्छौं।’

वरिष्ठ मौसमविद् पौडेलका अनुसार हल्कादेखि मध्यमसम्म हिमपात तथा पश्चिमदेखि पूर्वसम्म देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

काठमाडौंमा उपत्यकामा भने आजै पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ। आज बिहान साढे ६ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org