ताजा समाचार

सूर्यको पहिलो किरणसंगै नरकोटबाट भ्रमण वर्ष २०२०को भव्य स्वागत

काठमाडाैँ ।सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को बुधबार अर्थात अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पारेर नगरकोटमा भ्रमण वर्ष २०२० भव्य स्वागत गरिएको छ ।

आज (बुधबार) बिहान सूर्यको पहिलो किरणले नगरकोटको डाँडालाई स्पर्श गरेसँगै एक भव्य समारोहको आयोजना गरेर भ्रमण वर्षको उद्घाटन गरिएको हो । कार्यक्रमको सुरुवात युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गरे ।

उक्त कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि, झन्डोत्तोलन, आतिशबाजी लगायतका कार्यक्रम गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org