ताजा समाचार

नेपाल भ्रमण बर्षको उद्घाटन फोटोमा हेर्नुहोस् (फोटोफिचर)

काठमाडाैँ । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ।

काठमाडौंको दशरथ रंगशालासँगै देशैभर विभिन्न कार्यक्रम गरि भ्रमण वर्ष २०२०को औपचारिक शुभारम्भ गरिएको हो। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ।

रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रमलाई दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारीक शुभारम्भ गरेकी हुन्। भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रूपमा लिनुपर्ने बताइन्।

उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकिय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गरिन्। त्यस्तै, शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए।

उनले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे। सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताए। विश्वका सबैभन्दा बढी उचाई भएका हिमाल नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सूचिमा सुचिकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताए।

फोटोहरूः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org