ताजा समाचार

ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण,प्रधान सेनापति मिङ बेपत्ता

काठमाडाैँ । ताइवानमा बिहीबार बिहान सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा त्यहाँका प्रधान सेनापति बेपत्ता भएका छन्।

ताइवानी रक्षा मन्त्रालयका अनुसार उनीसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएकाे हाे।

त्यस क्रममा वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङ बेपत्ता भएका हुन्।

उनी हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए। त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा उनी बेपत्ता भएको एजेन्सीले जनाएको छ।

हेलिकप्टरमा सवार केहीलाई जीवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैनन्।

उद्धार जारी रहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org