किसानका मुद्दामा पनि किन माैन छ, ‘किसान आयोग’?
काठमाडाैँ । चिनी उद्योगीबाट तीन वर्षदेखि उखुको भुक्तानी नपाएका किसान विगत डेढ वर्षदेखि आन्दोलनरत छन्। उनीहरुको आन्दोलन अहिले राजधानी केन्द्रित भएको छ।
किसानको हक, हित र अधिकारको संरक्षणका लागि भन्दै गठन भएको राष्ट्रिय किसान आयोग उखु किसानले भुक्तानी नपाएको विषयमा मौन छ। किसानलाई केही समस्यापर्ने बित्तिकै त्यसको समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आयोग आफै निस्कृय भएर बसेको छ।
सरकारले माघ पहिलो साताभित्र सबै किसानलाई भुक्तानी उपलब्ध गराउने आस्वासन दिएको छ। तर, अनेकौं पटक यस्ता आस्वासन पाएका किसानले सरकारलाई विश्वास गरेका छैनन्। उनीहरुको आन्दोलन माइतीघर मण्डलामा अहिले पनि जारी छ।
उखु किसानले पाउनुपर्ने रकम नपाएको विषयमा मात्र नभइ १० हजार बढी कृषकले लगाएको गरिमा जात धानमा बाला नलागेको विषयमा पनि आयाेग कानमा तेल हालेर बस्यो। कृषिसँग सम्बन्धित पछिल्ला यी दुई घटना राष्ट्रिय मुद्दा बन्दासमेत आयोगले यो विषयमा कहीँ कतै केही बाेलन। आयाेगले आफूले गर्नुपर्ने भूमिका निर्बाह गरेन।
किसानका हक, हित, अधिकार एवं उनीहरुको राज्यप्रतिको कर्तव्य र दायित्वको बोध गराउने मात्र नभइ किसान अधिकारको अनुगमन, सुपरिवेक्षण गर्ने र सुधारको लागि सरकार समक्ष सिफारिस गर्ने जिम्मेवारी पनि आयोगको हो। त्यस्तै, कृषक हितका लागि लागि नयाँ नीति, ऐन, कानुन बनाउन सरकारलाई सहयोग गर्ने र विभिन्न बाली तथा वस्तुहरुको बजार सरलीकरण, गुणस्तर तथा लागत प्रतिस्पर्धात्मकता अभिवृद्धि, र मूल्य अभिवृद्धिको आधारमा किसानले उचित मूल्य पाउने उपायको बारेमा सरकारलाई सुझाव दिने महत्वपूर्ण भूमिका आयोगले निर्वाह गर्नुपर्ने हो। तर, आयोगको कार्यशैलीभित्र भने यी कुनै कुरा अटाउँदैनन्। उखु किसानका समस्या समाधान गर्ने विषयमा राष्ट्रिय मानव आयोगले आवाज उठायो, तर सम्बन्धित क्षेत्रकै अधिकारप्राप्त किसान आयोगले हालसम्म केहि प्रतिक्रिया जनाएको छैन।
किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ भने आयोगले गर्नुपर्ने काम गरिरहेको दाबाी गर्छन्। ‘हामीले किसानका पक्षमा बोलनौं, उनीहरुका समस्या सुनेनौं भन्ने कुरा जायज होइन। समाधानका लागि आयोगले पहल गरेको छ। विभिन्न मन्त्रालय, उद्योगी र किसानहरुलाई एकै ठाउँमा राखेर यो विषय टुंगाउन आयोगले भूमिका खेलेको छ,’श्रेष्ठ भन्छन्, ‘आयोगले किसानका पीरमर्का बुझ्न पहल गरेन भन्दा पनि हामीले दिएका सुझाव सरकारले कति कार्यान्वयन गर्याे भन्ने महत्वपूर्ण कुरा हो।
‘सरकारी तथा गैरसरकारी एवं नीजि क्षेत्रबाट हुने क्रियाकलापले किसानहरुको अधिकार हनन् भएमा सम्बन्धित निकाय र नेपाल सरकारलाई जानकारी गराइ आवश्यक सुझाव सिफारिस गर्ने’ भन्ने विषय आयोगको काम, कर्तत्व र अधिकारमा पर्दछ। किसानहरुको हक अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उपायहरु पनि आयोगले सिफारिस गरेर सरकारले त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने हो। तर, आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न भने सकेको देखिँदैन।
किसान आयोगको यही निस्कृयता र सुस्ततालाई देखेर निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले आयोग नै खारेज गर्नुपर्ने बताएका थिए। आयोगका काममा खनालले बढी चाँसो देखाएपछि आयोगले केही समय अलि देखिने गरी काम पनि गर्याे। परिणामस्वरुप आयोगले अघिल्लो वर्ष किसान वर्गीकरण, किसान परिचयपत्र र योगदानमा आधारित किसान पेन्सन, कृषि ऋण, बाँझो जग्गा व्यवस्थापन, कृषि विकास रणनीतिको कार्यान्वयनको अवस्था तथा कृषि उत्पादन र निर्यात वृद्धिमा देखिएका समस्याका विषयमा प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझायो।
तर, त्यसपछि भने आयोग पुनः सुस्ताएको देखिन्छ। आयोगले जुन क्षेत्रका लागि भनेर मन्त्रालयलाई नीतिगत सुझाव दिएको थियो, त्यसको कार्यान्वयनका लागि स्पष्ठ कार्ययोजना भने पेश गरेन। यही कारण मन्त्रालयले पनि ती योजना कार्यान्वयनमा चाँसो देखाएन।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...