नेकपा सचिवालय बैठकः सभामुख र राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउने तयारी
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ।
बैठक विहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार चयनका लागि हिजो झण्डै ४ घण्टा चलेको बैठक विना निश्कर्ष सकिएको थियो। बैठकले राष्ट्रिय सभामा कार्यकाल सकिएका कसैलाई पनि दोहोर्याएर उम्मेदवार नबनाउने विषयमा मोटामोटी सहमति गरेको छ।
आज बस्ने बैठकले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाउने बालुवाटार स्रोतले जनाएको छ। पर्सि उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सकेसम्म आजै उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको छ।
५९ सदस्यीय राष्ट्रिय सभाको फागुनमा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। सदस्यका बैठकमा सभामुखको उम्मेदवार चयनबारे पनि छलफल हुनेछ। नेकपाभित्र सभामुखको उम्मेदवार टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक दुई पटक सूचना टाँसेर स्थगित भइसकेको छ। पूर्वएमाले र पूर्वमाओवादीबीचको अडानका कारण सभामुखको उम्मेदवार टुंगो लाग्न नसकेको हो। पूर्वमाओवादीका तर्फबाट अग्नी सापकोटा र पूर्वएमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङको नाममा छलफल अघि बढेको छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...