क्याबिनेटमा कड्किए प्रधानमन्त्री ओली : मन्त्री हुने अनि एमसीसीको विरोध गर्ने ? यो सह्य हुँदैन ।’
बिदा हुने मन भए मार्गप्रशस्त छ
काठमाडाैँ । मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए ।
उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा हुन मन भए मार्गप्रशस्त रहेको बताए ।
उनको भनाइ थियो, ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आलोचनात्मक, आक्रोशपूर्ण र अतिरञ्जित पनि छन् । तर केही प्रशंग मिलेका पनि छन् । मन्त्रीहरुको कार्यशैली, कार्यसम्पादन, प्रस्तुति चित्त नबुझ्दो भएको कुरामा म पनि सहमत छु ।’
‘कर्मचारीलाई काम लगाउन सकिएको छैन । अब यस्ता कुरा सह्य हुँदैन,’ प्रमले बैठकमा तितो पोखे ।
उनले कड्किएर भने, ‘प्रत्येक मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिएको छ । अब मलाई देखिनेगरी परिणाम चाहिन्छ । मन्त्री हुने अनि एमसीसीजस्तो परियोजनाको विरोध पनि गर्ने ? यो कुरा सह्य हुँदैन ।’
एमसीसीबारे सरकारको धारणा सार्वजनिक गर्न मन्त्रिपरिषद् कार्यालय या परराष्ट्रको आयोजनामा पत्रकार सम्मेलन गर्ने कुरा थियो । तर, कृषि मन्त्री घनश्याम भुषालले ‘पहिले संसदीय दलमा छलफल गरौँ, आफूभित्रै एकमत कायम गरेपछि पत्रकारसम्मेलन गर्नुनपर्ला’ भन्ने कुरा उठाए ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...